Logo

अर्थ

प्रतितोला १६ सय घट्यो सुन, चाँदीको बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँ घटेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो ।‍

सुनको मूल्य घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १०:५६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।