काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै बिहीबार चाँदी पनि घटेको छ । बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया