काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गणतन्त्रको विरोधमा शान्तिवाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।
नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । नेकपा (एमाले)ले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ ।
राप्रपाले शक्ति प्रदर्शन गर्न खोजेको शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको छ । सशस्त्र प्रहरीलाई महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा परिचालन गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सुरक्षा समितिका अधिकृतहरू बताउँछन् ।




















प्रतिक्रिया