Logo

अर्थ

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा नोक्सानमा



काठमाडौं । सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको बताएका हुन् ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् । २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ ।

सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १४:२९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।