काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजैबाट बजेट कार्यान्वयन सुरु हुने बताएका छन् । संसदमा प्रस्तुत बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे।
उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताए । सरकारले पुँजीगत खर्च बढाएको र राजस्व लक्ष्य १७ प्रतिशत राखिएको जानकारी उनले दिए । आन्तरिक ऋण जीडीपीको ५.३ प्रतिशत उठाउने र वैकल्पिक वित्तीय स्रोतबाट पूर्वाधार निर्माण गरिने उनले बताए ।
३ करोडको मापदण्ड लागू गर्दै बजेट ल्याइएको जनाउँदै उनले खर्च कटौती र मितव्ययिता अपनाइने बताए। आजैदेखि तयारी पूरा भए खरिद प्रक्रियामा जान सकिने व्यवस्था गरिएको उल्लेख गरे ।
२५ करोडभन्दा बढीका आयोजनाको अनुगमन गर्न राष्ट्रिय विकास बोर्डको व्यवस्था, अनुदानको लागतमा ५० प्रतिशत सीमा, र वन जग्गा उपभोग सहज बनाउन बजेटले व्यवस्था गरेको बताए । स्वास्थ्य बीमा प्रणाली सुधार, विदेशी लगानी प्रवर्द्धन, डिजिटल भुक्तानीमा लाग्ने १३% कर तथा अग्रिम भन्सार कर हटाइएको पनि उनले जानकारी दिए ।




















प्रतिक्रिया