Logo

अर्थ

ईभीमा कर यथावत गर्ने निर्णयप्रति गर्व छ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन (ईभी) मा कर यथावत गर्ने निर्णयप्रति गर्व रहेको बताएका छन् ।

बिहीबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे आज शुक्रबार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले ईभी करबारेको निर्णयप्रति आफ्नो धारणा सुनाएका हुन् ।

बजारकाे हल्ला विपरीत बजेटले ईभीमा कर नचलाएपछि उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु ।’

ईभीको करमा उनले पुराना निर्णय हेर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १५:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।