जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आइतबार विद्युतीय माध्यमबाट एकसाथ शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका हुन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए ।




















प्रतिक्रिया