Logo

अर्थ

तोलामा १ हजार बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन तोलामा १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ११:२७   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।