काठमाडौं । सरकार र यातायात व्यवसायीबीचको बढ्दो विवाद समाधानका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीसँग संवाद गर्न गृह मन्त्रालयमा आज बैठक बसेको थियो ।
यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयका आठ जना प्रतिनिधि रहनेछन् भने व्यवसायी तथा मजदुर पक्षबाट चार जना सदस्य रहनेछन् ।




















प्रतिक्रिया