Logo

अर्थ

सेयर बजारमा ३५ अंकको गिरावट, ६ अर्ब ६७ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २,६५८ को विन्दुमा कायम भएको छ ।

आज ३४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ४ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १५:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।