Logo

प्रमुख समाचार

रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार ल्याउने तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार रूपन्देहीबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा ल्याउने प्रक्रिया अघि बढेको छ ।

जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए ।

तर विभागबाट निर्णय भने भइनसकेको उनले बताए ।

प्रशासन कार्यालयका एक अधिकारीका अनुसार आइतबार पत्राचार भएको बताए ।

उच्च अदालतको बुटवल इजलासले चैत २२ गते रविलाई सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १६:३६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।