काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार रूपन्देहीबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा ल्याउने प्रक्रिया अघि बढेको छ ।
जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए ।
तर विभागबाट निर्णय भने भइनसकेको उनले बताए ।
प्रशासन कार्यालयका एक अधिकारीका अनुसार आइतबार पत्राचार भएको बताए ।
उच्च अदालतको बुटवल इजलासले चैत २२ गते रविलाई सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।




















प्रतिक्रिया