काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो, तर जेठ १८ गते सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो ।
यो ऋणपत्रमा अब जेठ २२ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको छ ।
७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ र यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया