काठमाडौं । आज सेयर बजार सामान्य घटेकाे छ । बजार ११.९५ अंकले घटेर २६४६ को विन्दुमा कायम भएको छ ।
आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब १६ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको ३६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया