Logo

अर्थ

आईपीओ निष्कासन गर्न लागेको अन्नपूर्ण केबलकार किन भिन्न छ?



काठमाडौं । अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिइसकेको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको स्वीकृति माग गरिएका तर आवश्यक प्रक्रिया पूरा नभएका कम्पनीको आईपीओ निष्काशन अनुमति दिएको छैन । लेखा समितिको निर्देशनअनुसार ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूको आईपीओ निष्कासन रोकिएको छ।

यहि प्रकृया पूरा नभएका कम्पनीको आईपीओ अनुमति रोकिँदा अन्नपूर्ण केबलकार कम्पनीको समेत अनुमति रोकि पाईपलाईनबाटै हटाएपछि कम्पनीले यस निर्णयविरुद्ध सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ । तर बोर्डले भने पुनः आवेदन दिन भनेपछि अन्याय भएको महसुस गर्दै कम्पनीले समितिमा आवाज उठाएको छ । कम्पनी २ बर्षदेखि निरन्तर संचालनमा रहेर नाफा आर्जन गरिरहेको र प्रतिशेयर नेटवर्थ ९५ भन्दा माथि भएकाले आईपीओ निस्कासनको अनुमति माग गर्दै कम्पनीले सार्वजनिक लेखा समितिमा निवेदन दिएको हो ।

नेपालमा आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र बोर्डको तोकिएको मापदण्ड पुरा गर्नुपर्छ। कम्पनी “पब्लिक लिमिटेड” हुनसका लागि कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको, नियमित नाफा आर्जन गरिरहेको, प्रति सेयर नेटवर्थ रु. ९० भन्दा माथि हुनुपर्ने प्रावधान छ। बोर्डको प्रावधान अनुसार अन्नपूर्ण केबलकार कम्पनी आईपिओ निष्कासनका लागि योग्य रहेको कम्पनीको दावी छ।

अन्नपूर्ण केबलकार किन भिन्न छ ?

अन्नपूर्ण केबलकार परियोजना राष्ट्रिय योजना आयोगको स्वीकृत पर्यटन प्रवर्द्धन योजना अन्तर्गत छ। चन्द्रागिरी लगायतका केबलकारहरू सरकारसँग जग्गा भाडामा लिएर चलाईरहेका छन्। तर, अन्नपूर्ण केबलकारले कम्पनीकै नाममा जग्गा खरिद गरेर आजीवन सञ्चालनका लागि केबलकार निर्माण गरेको छ। ३ किमी दूरीमा ७ वटा खम्बा भए पुग्नेमा पर्यटकहरुको सुरक्षालाई प्राथमिकतामा राखि १३ वटा खम्बा राखिएका छन्।

पोखराको प्राइम लोकेसनमा रहेकाले पनि अन्नपूर्ण केबलकार परियोजनाले ओगटेको जग्गाको मूल्य बढी छ। जसका कारण पनि कम्पनीको नेटवर्थ ९५ माथि रहेको दाबी गरिएको छ। अन्नपूर्ण केबलकार दुई वर्षदेखि निरन्तर सञ्चालनमा छ। पर्यटकीय क्षेत्र भएकाले पनि यस कम्पनीले दिनहुँ अपेक्षितरूपमा आम्दानी आर्जन गरिरहेको छ। यसमा नेपाली व्यवसायी कालु गुरुङलगायतको ७५, स्थानीयको १० र वैदेशिक लगानी १५ प्रतिशत छ।

पोखराको सेदीदेखि सराङकोटसम्म सञ्चालन हुने अन्नपूर्ण केबलकार नेपालकै पहिलो पर्यटकीय प्रवर्द्धन परियोजना हो। जसले आजीवन सञ्चालनको अधिकारका लागि सरकारसँग जग्गा नै खरिद गरेको छ। सामान्यतया केबलकार परियोजनाहरू केहि बर्षका लागि सरकारी जग्गा भाडामा लिएर बनाइन्छन्, तर अन्नपूर्ण केबलकारले एकअर्कै मोडेल अपनाएको छ। दीर्घकालीन सोचका साथ निर्माण गरिएको यस केबलकारको निर्माण लागत उच्च देखिएको छ। यस कम्पनीले ३ किलोमिटरको दूरीमा आवश्यक पर्ने ७ वटा खम्बाको सट्टा पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै १३ वटा खम्बा राखिएकाले पनि यसको लागत उच्च छ।

यस परियोजनाका लागि सुरुवाती चरणमा जग्गाको मूल्य प्रतिआना २ लाख थियो। तर हाल सोही क्षेत्रको जग्गाको मूल्य बढेर प्रतिआना १० लाखमाथि नाघिसकेको छ। जसले कम्पनीको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीका अनुसार परियोजना राष्ट्रिय योजना आयोगले स्वीकृत गरेकाले पनि यसको दीर्घकालीन स्थायित्वमा सरकारकै समर्थन रहेको छ।

पोखराको सेदीदेखि सराङकोटसम्म सञ्चालन हुने अन्नपूर्ण केबलकार नेपालकै पहिलो त्यस्तो परियोजना हो जसले आजीवन सञ्चालनको अधिकारका लागि सरकारसँग जग्गा नै खरिद गरेको छ।

सामान्यतया, केबलकार परियोजनाहरू सरकारले भाडामा दिएको जग्गामा बनाइन्छन्, तर अन्नपूर्ण केबलकारले एकअर्कै मोडेल अपनाएको छ। यसको निर्माण लागत उच्च देखिएको छ, किनभने ३ किलोमिटरको दूरीमा आवश्यक पर्ने ७ वटा खम्बाको सट्टा पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै १३ वटा खम्बा राखिएको छ।

पोखराको सेदीबगरदेखि २.४ किलोमिटरको दुरीमा रहेको केबलकारबाट आठ मिनेटमै सराङकोट पुग्न सकिन्छ। पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडदेखि गाडीमा करिब ४५ मिनेट लाग्छ। समुद्री सतहदेखि करिब एक हजार ६ सय मिटर उचाइमा रहेको सराङकोटमा सडकमार्गबाट जान–आउन बाटो साँघुरोसँगै अप्ठ्यारो रहेकाले सबै पर्यटक पुग्न सक्दैनन्। त्यसका लागि अन्नपूर्ण केबलकार उत्तम विकल्पका रुपमा देखिएको छ। हाल दैनिक तीनदेखि चार हजार पर्यटक सराङकोट पुग्ने गरेका छन्।

केबलकार यात्राका लागि नेपालीलाई ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई ८ सय रुपैयाँ र अन्य देशका पर्यटकलाई ८ डलर भाडा तोकिएको छ। यात्रा गर्दा ज्येष्ठ नागरिकले भने ५० र विद्यार्थीले २५ प्रतिशत छुट पाउँछन्। यहि केबलकार कम्पनीको आम्दानीको मुख्य स्रोत हो। केबलकारबाट यात्रा गर्दा थ्रिनट भ्यूमार्फत एकैपटकमा फेवाताल, शान्ति स्तूपा, हिमशृंखला, पोखरा बजार आसपासका हरियाली क्षेत्रसँगै प्राकृतिक सैन्दर्यको भरपुर दृश्यावलोकन गर्न सकिन्छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १३:३०   :  बजे

480
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।