Logo

अर्थ

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्समा विशेष छुट



काठमाडाैं । सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १४:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।