Logo

प्रमुख समाचार

संसदको गतिरोध अन्त्यका लागि सभामुखको प्रयास जारी, प्रमुख सचेतकबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न प्रयास जारी राखेका छन् । सभामुख घिमिरेले बैठक तोकिएको समयभन्दा अघि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरू छलफल गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले एमालेका प्रमख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

यही जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन ।

आज प्रतिनिध सभा बैठक १ बजेका लागि तय गरिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १२:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।