Logo

अर्थ

प्रथम अटो व्यवसायी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडाैं । प्रथम अटोव्यवसायी दिवस २०८२ को अवसरमा वृहत रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रिकन्डिसन अटोव्यवसायी संघ केन्द्रीय समितिले आज सोमबार आयोजना गरेको उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरिरहेको संघका सल्लाहकार रुद्र ढुंगेलले जानकारी दिए । उनका अनुसार देशभरका अटोव्यवसायीहरूले रक्तदान गरेका थिए । संघले यसप्रकारका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको जानकारी दिइँदै आगामी दिनमा पनि निरन्तर गरिरहने उनले बताए ।

उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संघका अध्यक्ष रमेश कोइरालाले हरेक बर्ष जेठ २६ गते देशभरीबाट सेकेन्ड हेन्ड अटोमोवाइल्सको कारोबार गर्ने ब्यबसायीहरुलाई समेटेर अटोब्यवसायी दिवस मनाउने भन्दै गत वर्ष सम्पन्न निर्वाचनको परिणामलाई लिएर फुटको बाटो रोजेका केही ब्यबसायीलाइ बार्ताबाट असन्तुष्टीको समाधान गर्नेगरि संघको मुलधारमा समाहित हुन र ब्यबसायीहरुमा भ्रम सिर्जना गर्ने कार्य बन्द गरि ब्यबसायीहरुको हकहितमा केन्द्रीत हुन आब्हान समेत गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १४:२५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।