Logo

प्रमुख समाचार

रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी



काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन् ।

बैठक नयाँ बानेश्वरमा जारी छ । रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली कांग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो । रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १२:३७   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।