Logo

समाचार

साइबर कानुनको आडमा पत्रकार तर्साउनु आपत्तिजनक : विपुल पोखरेल



रूपन्देही  । नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोखरेलले साइबर कानुनको नाममा पत्रकारहरूलाई डराउने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन् ।

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा बुटवलमा आयोजित विकास पत्रकारिता सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले पत्रकारितासम्बन्धी विषयमा प्रहरी होइन, प्रेस काउन्सिलले हस्तक्षेप गर्नुपर्ने स्पष्ट पारे ।

‘सञ्चार माध्यममा आएका सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिलमार्फत् हेर्नुपर्छ, प्रहरीले होइन,” पोखरेलले भने, “साइबर कानुन पत्रकारिता क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित छैन। यसरी असम्बन्धित कानुनको आडमा पत्रकारहरूलाई तर्साउने प्रयास खेदजनक छ।’

सबै मुद्दाहरू सिधै अदालत प्रवेश नगर्ने भन्दै उनले अर्धन्यायिक र नियामक निकायको भूमिकाको सम्मान हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १४:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।