Logo

स्वास्थ्य

अनलाइन कक्षाको शुल्क लिन सरकारले दियो अनुमति



विश्वव्यापी माहामारीको रुप लिएको कोरोना संक्रमणले प्राय शैक्षिक संस्थाहरु बन्द रहेको छन् । कोरोनाको प्रभाव लामो भएसँगै सरकारले डिजिटल प्रविधिलाई आधार बनाउने योजनाका साथ अनलाइन क्लासलाई सुचारु गर्नेमा सरकार सकरात्मक भएको छ । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको  छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका जानकारी गराए । 

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’

यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  ३ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।