काठमाडौं । लण्डन उड्दै गरेको एयर इण्डियाको विमान दुर्घटनामा परेको छ । उक्त विमानमा कुनै पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ ।
भारतीय शहर अहमदाबादबाट लन्डनका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा कुल २४२ यात्रु सवार थिए ।
दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार विमानमा कुनै पनि नेपाली यात्रु नरहेको पुष्टि भएको छ । दुर्घटनाको कारण खुलेको छैन ।




















प्रतिक्रिया