Logo

अर्थ

वाणिज्य बैंकहरुको नाफा १.६७ प्रतिशतले घट्यो, नबिल पहिलो बन्दा पुछारमा पुग्यो एनआईसी एशिया



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको १० महिनामा वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार वाणिज्य बैंकहरुले १० महिनामा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत वर्षको वैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यो नाफा गत आर्थिक वर्षको यसैअवधिको तुलनामा १.६७ प्रतिशतले कमी हो ।

समिक्षाअवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटा बैंकको नाफा घटेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकले १० महिनामा ५ अर्ब ६० करोड नाफा आर्जन गरेको छ । ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब २ करोड नाफा आर्जन गरेको छ ।

त्यस्तै, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड ३३ लाख, नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड ५५ लाख, एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड ६४ लाख, लक्ष्मी सनराईज बैंकले २ अर्ब १५ करोड ६५ लाख, सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको बैशाखसम्ममा प्रभु बैंकले २ अर्ब १४ लाख, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड ३८ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड २० लाख, माछापुच्छे बैंकले १ अर्ब ३१ करोड ३५ लाख र सिटिजन्स बैंकले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । हिमालयन बैंकले ६८ करोड ३४ लाख, कुमारी बैंकले ४८ करोड १९ लाख र एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

समिक्षाअवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार ११:३२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।