Logo

कोशी प्रदेश

पाँचथरको हेवाखोलाको निर्माणाधीन पुल भाँचियाे, पाँच मजदुर गम्भीर घाइते



पाँचथर । पाँचथरको हेवाखोलामा निर्माणाधीन पुल भाँचिएको छ ।
बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह भाँचिएको हो । पुल भाँचिदा पाँच जना गम्भीर घाइते भएका छन् ।

मेची राजमार्ग अन्तरगत हेवाखोलाको पुल गत वर्षको बढीले बगाएको थियो । पुल बगेपछि यातायातका लागि खोलामा ड्राइभर्सन बनाइएको छ ।
बर्खामा यातायात सञ्चालनका लागि बेलिब्रिज जोड्ने काम आज सक्ने तयारी थियो । पुल जोड्ने क्रममा भाँचिएको हो ।
पुल भाँचिदा निर्माणमा खटिएका पाँच जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
उनका अनुसार पुल भाँचिने कारण खुलेको छैन् । घाइतेलाई उपचारका लागि पठाइएको उनले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार २०:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।