Logo

प्रमुख समाचार

विशेषले अदालतले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार



काठमाडौँ । विशेष अदालतले सफाइ दिएका दुई भ्रष्टाचार मुद्दा पुनरावलोकनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।

 

राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार र पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेषले २०८१ वैशाख २४ गते सफाइ दिएको थियो ।

उक्त फैसला चित्त नबुझी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम सजाय दफा र दफा ८ को उपदफा ९१० बमोजिम बिगो असुल उपर गर्न माग दाबी लिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १९:२४   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।