Logo

प्रमुख समाचार

संसद् बैठक: आजकाे कार्यसूचीमा परेन् निजामती विधेयक



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नागरिकता विधेयक अगाडि बढाउने र बजेटको मन्त्रनालयगत छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यसअघि मंगलबार कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक अगाडि बढाउने विषय कार्यसूचीमा छैन ।

निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ ।

गत सोमबार मन्त्रिपरिषदको बैठकमै ‘कुलिङ पिरियड’बारे छलफल भएको थियो । बुधबार राज्य व्यवस्था तथा सुसासन समितिका सभापति रामहरि खतिवडालाई नै बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

प्रधानमन्त्रीले चासो राखेर छलफल गरिरहेको निजामती विधेयक मंगलबारको कार्यसूचीमा परेर पनि रोकियो भने बिहीबारको कार्यसूचीमा पर्दै नपरेको हो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १०:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।