काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नागरिकता विधेयक अगाडि बढाउने र बजेटको मन्त्रनालयगत छलफल गर्ने सम्भावित कार्यसूची छ ।
यसअघि मंगलबार कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक अगाडि बढाउने विषय कार्यसूचीमा छैन ।
निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ ।
गत सोमबार मन्त्रिपरिषदको बैठकमै ‘कुलिङ पिरियड’बारे छलफल भएको थियो । बुधबार राज्य व्यवस्था तथा सुसासन समितिका सभापति रामहरि खतिवडालाई नै बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।
प्रधानमन्त्रीले चासो राखेर छलफल गरिरहेको निजामती विधेयक मंगलबारको कार्यसूचीमा परेर पनि रोकियो भने बिहीबारको कार्यसूचीमा पर्दै नपरेको हो ।




















प्रतिक्रिया