Logo

प्रमुख समाचार

मितेरी सहकारी ठगी प्रकरण : ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिन म्याद थप



काठमाडौं । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।

सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न पहिलो पटक अदालतले सात दिनको म्याद दिएको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।

यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १८:०१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।