Logo

प्रमुख समाचार

अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेल मन्त्रालयमा तानिए



काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेललाई मन्त्रालयमा तानेको छ।

सीडीओ खरेलविरुद्ध कार्यालयकै कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि विवादमा परेका थिए।

गृह मन्त्रालयले खरेललाई मन्त्रालय तानेर भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई पठाएको हो।

भक्तपुरको सीडीओमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई पठाइएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार २०:४१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।