Logo

प्रमुख समाचार

अनुशासनका कारण नेपालीहरु सबैभन्दा पीडित छन्ः प्रधानमन्त्री ओेली



प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरु पीडित रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन् ।
उनले भने, ‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ ।  अनुशासन योगको पहिलो सुत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चिजको अनुशासन हुन्छ ।’
प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए ।
‘यदी हतियारधारीहरुले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’ उनले भने ।
यस्तै कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले योग वैद्धिक संस्कृतिको मात्र रहेन यो विश्वभरको साझा जिवनपद्धतीको रुपमा अगाडी बढेको बताए । उनले भने,‘योग र ध्यानलाई वैद्धिक चिन्तनलाई हामीले हाम्रो देशको बौद्धिक सम्पदाको रुपमा अगाडि बढाउनुपर्छ ।’

प्रकाशित मिति : ७ असार २०८२, शनिबार २२:२८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।