Logo

गण्डकी प्रदेश

कालीगण्डकी करिडोर अन्तर्गत सडकखण्ड एकतर्फी सञ्चालन



गुल्मी । पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

कालीगण्डकी गाउँपालिका0150१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट पहिरो खस्दा सडक शुक्रवार बिहानदेखि अवरुद्ध भएको थियो ।

लगातारको प्रयासपछि आइतबार साँझ मात्रै सडक एकतर्फी सञ्चालनमा आएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरा लगायतमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भएको थियो ।

केही दिन अघिमात्रै पनि कालीगण्डकी करिडोरकै कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा अवरुद्ध सडक भने दुई दिनपछि एकतर्फी सञ्चालनमा आएको थियो ।

उक्त सडक पनि अझै दुईतर्फी सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार २१:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।