काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नको लागि आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । उनले समितिले अख्तियारले छानबिन गरिरहेको अनुसन्धानमा सरकारले कुनै असर नगर्ने सहमति अनुसार नै समिति गठन भएको बताए ।




















प्रतिक्रिया