Logo

राजनीति

परराष्ट्रमन्त्री राणाको दुई साताको विदेश यात्रा, खाद्य तथा कृषि संगठन सम्मेलनमा सहभागी हुँदै



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दुई साताभन्दा लामो विदेश यात्रामा जाँदैछिन् । उनी संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठन (FAO)को सम्मेलनमा भाग लिन इटली जान लागेकी हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मन्त्री राणाको असार १३ गतेदेखि २९ गतेसम्मको विदेश भ्रमणलाई स्वीकृति दिएको हो । रोममा हुने खाद्य तथा सुरक्षा संगठनको ४४ औं सम्मेलनमा मन्त्री राणा भाग लिनेछिन् ।

परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार मन्त्री राणाले सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछिन् । उनको नेतृत्वमा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरूको टोली रहेको छ ।

सम्मेलन सकिएपछि मन्त्री राणा इटली र जर्मनीमा आयोजना हुने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उनी असार २९ गते स्वदेश फर्किने मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १६:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।