Logo

राजनीति

कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट तीन जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १७:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।