Logo

खेलकुद

एएफसी महिला एसियन कपः साम्बाले गरिन् ह्याट्रिक गोल



काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् ।

उनले कप्तानको रुपमा डेब्यु खेलमै ह्याट्रिक गरेकी हुन् ।

साम्बाले यसअघि ४४औं र ५५औं मिनेटमा गोल गरेकी थिइन् ।

उनको ह्याट्रिकसँगै नेपालको अग्रता ६ गोलमा पुगेको छ ।

नेपालका लागि साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले गोल गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार २०:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।