Logo

खेलकुद

श्रीलंकाविरुद्ध नेपाल ७–० गोलले अगाडि



काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ७–० को फराकिलो अग्रता बनाएको छ ।

उज्वेकिस्तानमा खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ७–० को अग्रता बनाएको हो ।

पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो ।

पहिलो हाफमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै खाता खोलेकी थिइन् ।

पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार २०:०२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।