Logo

अर्थ

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड रुपैयाँ बहुमतले पारित



बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ ।

बुधवार बसेको प्रदेश सभाको छैटौँ अधिवेशनको १७ औँ बैठकले उक्त बजेट पारित गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका हुन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार २०:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।