Logo

अर्थ

सिमराकाे जगदम्बा स्टिलको फ्याक्ट्री पड्कियो, एक जना घाईते



 

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको फ्याक्ट्रीबाट विस्फोटको आवाज आएको छ ।

उद्योगको भट्टी पड्किएको हो । उद्योगमा काम चलिरहेको बेला बुधबार राति ठूलो आवाज आएको थियो ।

त्यहाँबाट नफर्केसम्म के कस्तो क्षती भएको भन्न नसकिने सिमरा प्रहरीका ड्युटी अफिसरले क्लिकमान्डुलाई जानकारी दिए ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको हो ।
बुधबार राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको हो ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन ।

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि एकजना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ ।

 

भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका हुन् । अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार २२:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।