Logo

प्रमुख समाचार

सुदूरपश्चिमका वातावरण मन्त्री चौधरी बर्खास्त



कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।

बिहीबार प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराए।

केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।

मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए।

मन्त्री चौधरीले राजीनामा नदिएपछि आज मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १९:०५   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।