Logo

प्रमुख समाचार

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको सुदूरपश्चिम प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा प्रदेश सरकारबाट बाहिरिएको हो ।

नाउपाले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने घोषणा गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना सांसदहरू छन् । जसमध्ये नाउपाका ७ सांसदहरू छन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १५:०१   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।