Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली हुम्ला जाँदै



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । उनी कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ ।

पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको छ । प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो ।

२६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन । यो पुल उद्घाटनसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुनेछ ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार ०७:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।