Logo

प्रमुख समाचार

नाउपा लुम्बिनी सरकारबाट पनि बाहिरियो



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आइतबार बसेका नाउपा प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारको काम कारबाहीमा आफ्नो पार्टीलाई स्थान नदिएको भन्दै समर्थन फिर्ता लिएको बताएका छन् ।

सरकारले बजेट निर्माणको क्रममा पनि नजर अन्दाज गरेको नाउपाको आरोप छ ।

यससँगै नाउपा संघ, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

यसअघि नाउपाले सुदूरपश्चिम र संघमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा मन्त्री रामेश्वर चौधरीलाई दादागिरी शैलीमा बर्खास्त गरेको भन्दै नाउपाले संघ र प्रदेशबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार २०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।