काठमाडौं । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्ला फैसलाहरूले चिकित्सकीय अभ्यास नियमन गर्ने नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै सोमबार देशभर आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा रोकेको छ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा रोकेको हो ।
संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।
हालै उपभोक्ता अदालतले उपचारमा लापरवाही भएको ठहर गर्दै विभिन्न अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति तिर्ने फैसला गरेको थियो । तीमध्ये ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र संलग्न चिकित्सकलाई १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पतालसहितका चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिइएको थियो ।




















प्रतिक्रिया