Logo

अर्थ

बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्न बाटो खुल्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल धिताेपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो ।

संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउने यस्तो सेयरको अंकित मूल्य १ सय रुपैयाँ हुनेछ ।

निर्देशिका संशोधन भएसँगै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछन् ।

निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्नेछन् ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १६:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।