Logo

प्रमुख समाचार

गौरीघाट–गुह्येश्वरी क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गर्यो



काठमाडौं । गौरीघाट–गुह्येश्वरी क्षेत्रमा बागमती नदीले जलसतह सतर्कता तह पार गरेको छ ।

गएराति १२ बजे आसपासदेखि निरन्तर पानी परेपछि बागमती नदीले बिहान २ बजे सतर्कता तह पार गरेको हो ।

बाढी पूर्वानुमान महाशाखाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरूको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरेको छ ।

यसैगरी रुद्रमती ९धोबीखोला० को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको महाशाखाले जनाएको छ ।

राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन सबैलाई आग्रह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ०९:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।