Logo

प्रमुख समाचार

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन



रोल्पा । थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बुधबार गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएकाे जानकारी दिएका हुन् ।

अध्यक्ष बुढामगरका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या नेटवर्कले काम नगर्ने भएकाले गत सोमबार(असार २३ गते) राति करिब ९ बजे कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले मिति २०८२ असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ओटीपी कोडका लागि रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट गएका थिए ।

अध्यक्ष बुढामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,’हाल प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजि कार्य गर्दा रुकुम पूर्वमा नभटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन अनुरोध छ ।’

सम्पर्कविहीन कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर सहित हरिस माझी(सहायक प्रशासन पाँचाैँ),यज्ञ प्रसाद कँडेल(सह–लेखापाल),चन्द्र प्रकाश ओली(सब–इञ्जिनियर),निशा आचार्य(सब–इञ्जिनियर) रहेका छन् । त्यस्तै शिवकुमार वली(खा.पा.स.टे) र प्रदीप के.सी.(सवारी चालक) सम्पर्कविहीन भएका हुन् ।

अध्यक्ष बुढामगरका अनुसार कर्मचारीहरु मंगलबारदेखि पालिकाको सम्पर्कमा आएका छैनन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार २२:०६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।