काठमाडौं । रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट जर्मन फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुवातदेखि नै हाबी देखिएको पिएसजीले पहिलो २४ मिनेटमा नै तीन गोलको अग्रता लिएको थियो ।
छैटौँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएको थियो।
रियलका रक्षक राउल एसेन्सियाको गल्तीका कारण उनले पहिलो गोल गरेका थिए ।
त्यसको तीन मिनेटपछि नै फ्रान्सेली विङ्गर ओसुमाने डेम्बेलेले अर्को गोल गरे ।
अक्राफ हाकिमी र डेम्बेले मिलेर बनाएको मुभमा रुइजले तेस्रो गोल गरे ।
खेल सकिन तीन मिनेट बाँकी रहँदा गोन्जालो रामोसले पिएसजीका लागि अन्तिम गोल गरे ।
पिएसजीविरुद्ध कमजोर देखिएको रियलले भने एक गोलसमेत फर्काउन सकेन ।




















प्रतिक्रिया