बुटवल । भैरहवाका अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
राप्रपा रुपन्देहीको उपाध्ययबाट केहि समयअघि राजीनामा दिएका गुप्ताले आफूलाई विभिन्न दलहरूले प्रस्ताव गरेपनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए ।
इँट्टा उद्योगी र विभिन्न संघसंस्थामा आबद्ध गुप्ताका बुबा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर थिए ।
रुपन्देही–३ मा यसअघि बुटवल मोतिपुरका लेखनाथ गैरेले पनि उम्मेदवार बन्ने घोषणा गरेका थिए । यस्तै काठमाडौं उपमहानगरका मेयर बालेन शाहका सल्लाहकार तिलोत्तमाका सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपक बोहराको गत चैतमा निधन भएपछि उक्त पद रिक्त छ ।




















प्रतिक्रिया