Logo

अर्थ

एमआरपी नराख्ने २ उद्योगलाई २ लाख २५ हजार जरिबाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार दुई उद्योग तथा फर्मलाई २ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार १६ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको मसल फर्म स्टोरलाई २ लाख ५ हजार रुपैयाँ र टोखा नगरपालिका -११ को शिवम् सोनु ट्रेडर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

यी दुई कम्पनीले आफ्ना उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, ल्य र नापतौलमा हेरफेर गरेको र अनुगमन टोलीलाई अनुगमनमा असहयोग गरेपछि उक्त जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

यस्तै विभागले आज अनुगमन गरेकामध्ये ६ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन र ८ उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्ता ठगिनबाट जोगाउन एमआरपी सहित लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार २१:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।