Logo

अर्थ

सेयर बजारमा २९ अंकको वृद्धि, ११ अर्ब ४१ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । मौद्रिक नीति लगानीकर्ताका लागि सकारात्मक भएसँगै बजार बढेको हो । नेप्से परिसूचक २९ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ ।

आज १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १५:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।